Ramailo

Author Topic: सानिमाको १००% सेयरमा लगानीकर्ता तानिए, चार कम्पनीको कमाइ १०% बढ्यो, बजार १८.७० अंकले उक्लियो  (Read 37 times)

Informer

  • Contributor
  • Boss
  • ***
  • Posts: 557
  • Reputation: +86/-0
  • Gender: Male
  • Ramailoforum Correspondent
    • Ramailo Forum
सानिमाको १००% सेयरमा लगानीकर्ता तानिए, चार कम्पनीको कमाइ १०% बढ्यो, बजार १८.७० अंकले उक्लियो

काठमाडौं । १०० प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएपछि सानिमा माइ हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको एकै दिन आठ करोड ७२ लाख ९५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्यमा केही दिनयतादेखि उछाल आइरहेको थियो ।   समग्र बजार पनि १८.७० अंकले उक्लिए १६४७ अंकलाई छोएको छ । दिनभरीमा १३६ कम्पनीका एक अर्ब ७८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।  ...
काठमाडौं । १०० प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएपछि सानिमा माइ हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको एकै दिन आठ करोड ७२ लाख ९५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्यमा केही दिनयतादेखि उछाल आइरहेको थियो ।
  
 समग्र बजार पनि १८.७० अंकले उक्लिए १६४७ अंकलाई छोएको छ । दिनभरीमा १३६ कम्पनीका एक अर्ब ७८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
  
 अन्यवाहेक सबै उपसुचकहरु हरियो छन् । बिमा २०४ अंकले उक्लिएको छ । बाणिज्य बैंक समूहमा पनि साढे १२ अंकको बृद्धि छ । होटल ५३, जलविद्युत ७५ र उत्पादनमूलक करिव ३६ अंकले बढेको छ । फाइनान्स र विकास बैंक समूहमा पनि दोहोरो अंकको बृद्धि छ ।
  
 बढि कमाउनेमा लुम्बिनी जनरल इनस्योरेन्स पनि छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । राष्ट्रिय विमा कम्पनी स‌ंस्थापक, एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य पनि १० प्रतिशत हाराहारीले बढेको छ ।
Source: सानिमाको १००% सेयरमा लगानीकर्ता तानिए, चार कम्पनीको कमाइ १०% बढ्यो, बजार १८.७० अंकले उक्लियो
Get the Latest News and Information at Ramailoforum.com