Ramailo

Author Topic: बीजी मलको मोबाइल एक्स्पोमा ५० लाखको कारोबार, १६ जनाले जिते मोबाइल, २५ हजारले गरे अवलोकन  (Read 39 times)

Solti

  • Contributor
  • Boss
  • ***
  • Posts: 575
  • Reputation: +86/-0
  • Gender: Male
  • Ramailoforum Correspondent
    • Ramailo Forum
बीजी मलको मोबाइल एक्स्पोमा ५० लाखको कारोबार, १६ जनाले जिते मोबाइल, २५ हजारले गरे अवलोकन

काठमाण्डौं । बीजी मलको मोबाइल एक्स्पोमा ५० लाख रुपैंयाको कारोबार भएको छ। यो महिनाको सुरुवातदेखि सुरु भएको मोबाइल एक्सपोमा बुधबारसम्म १६ जनाले मोबाइल सेट उपहार प्राप्त गरेका छन् ।   कार्यक्रमको आठौ दिनमा २५ हजार भन्दा बढीले अवलोकन गरेका छन्। लक्ष्य अनुसार ग्राहकको उपस्थिती पाइरहेको मलका अध्यक्ष बासु गिरीले बताए। मोबाइल एक्स्पोमा शनिबार  मलले भव्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। असार एक गते देखि सुरु भएको मोबाइल एक्सपो ११ गतेसम्म...
काठमाण्डौं बीजी मलको मोबाइल एक्स्पोमा ५० लाख रुपैंयाको कारोबार भएको छ। यो महिनाको सुरुवातदेखि सुरु भएको मोबाइल एक्सपोमा बुधबारसम्म १६ जनाले मोबाइल सेट उपहार प्राप्त गरेका छन् ।
 
   
 
  कार्यक्रमको आठौ दिनमा २५ हजार भन्दा बढीले अवलोकन गरेका छन्। लक्ष्य अनुसार ग्राहकको उपस्थिती पाइरहेको मलका अध्यक्ष बासु गिरीले बताए। मोबाइल एक्स्पोमा शनिबार  मलले भव्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
 
 
  असार एक गते देखि सुरु भएको मोबाइल एक्सपो ११ गतेसम्म चल्नेछ। एक्सपोमा हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहारअफर राखिएको मलले जानकारी दिएको छ। एक्स्पो अवधिमा ग्राहकले बीजी मलका सबै फेन्सी पसलबाट सामान गरि गर्दा २० प्रतिशत छुट पाउने छन् भने उक्त अवधिमा मलमा आउने ग्राहक मध्ये २ जनाले दैनिक रुपमा लक्की ड्रमार्फत स्मार्टफोन पाउने कम्पनीले जानकारी दिएको छ।
   
 
 
  दस हजार रुपैंयाभन्दा बढीको सामान खरिद गर्ने ग्राहले अनिवार्य रुपमा आकर्षक उपहार पाउने छन् भने एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने ग्राहक मध्ये दुई जनाले नगद फिर्ता पाउने मलले जानकारी दिएको छ। एक्स्पो अवधिमा एसएलसी दिएर बसेका विद्यार्थीहरुले विशेष उपहार पाउने छन् ।
   
 
  एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने मध्ये एक जोडीले दुई रात र तीन दिनको पोखरा ट्रिपको उपहार पाउने मलले जानकारी दिएको छ।

Source: बीजी मलको मोबाइल एक्स्पोमा ५० लाखको कारोबार, १६ जनाले जिते मोबाइल, २५ हजारले गरे अवलोकन
Get the Latest News and Information at Ramailoforum.com