Ramailo

Author Topic: संसदको बैठक ५ बजेका लागि सारियो  (Read 29 times)

Informer

  • Contributor
  • Boss
  • ***
  • Posts: 557
  • Reputation: +86/-0
  • Gender: Male
  • Ramailoforum Correspondent
    • Ramailo Forum
संसदको बैठक ५ बजेका लागि सारियो

१४ असार, काठमाडौ  । व्यवस्थापिका–संसद्को बैठक साँझ ५ बजेका लागि सारिएको छ ।  आज अपरान्ह १५.३० बजेका लागि बोलाइएको बैठक विशेष कारणवश सारिएको हो । व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बैठक सारिएको जानकारी दिए । भूकम्पपीडितलाई एकमुष्ट राहत नदिई सदनको कारबाही अगाडि बढ्न नसक्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदनको कारबाही अवरुद्ध पार्दै […]

१४ असार, काठमाडौ  । व्यवस्थापिका–संसद्को बैठक साँझ ५ बजेका लागि सारिएको छ ।  आज अपरान्ह १५.३० बजेका लागि बोलाइएको बैठक विशेष कारणवश सारिएको हो ।


CA-Buildingव्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बैठक सारिएको जानकारी दिए ।


भूकम्पपीडितलाई एकमुष्ट राहत नदिई सदनको कारबाही अगाडि बढ्न नसक्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदनको कारबाही अवरुद्ध पार्दै आएको छ ।


विगत चार दिनदेखि अवरुद्ध हुँदै आएको सदनको कारबाही खुलाउने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका प्रमुख नेता सम्मिलित कार्यदल गठन गरिएको थियो ।


सोमबार गठित कार्यदलले सामान्य छलफल गरेको भए पनि ठोस निष्कर्ष निकाल्न सकेको छैन ।


सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले मध्यमार्गी उपाय खोज्ने तयारी रहेको बताइन्छ ।



Source: संसदको बैठक ५ बजेका लागि सारियो
Get the Latest News and Information at Ramailoforum.com