Ramailo

Author Topic: मधुमेहबाट जोगिन पर्याप्त निद्रा आवश्यक  (Read 26 times)

Solti

  • Contributor
  • Boss
  • ***
  • Posts: 571
  • Reputation: +86/-0
  • Gender: Male
  • Ramailoforum Correspondent
    • Ramailo Forum
मधुमेहबाट जोगिन पर्याप्त निद्रा आवश्यक

वर्तमानको अति व्यस्त जिवनशैली तथा असन्तुलित तथा अस्वस्थकर खानपानका कारण धेरै मानिसहरु मधुमेह जस्ता जटिल रोगहरुको सिकार भईरहेका छन् । यदि तपाइँ पनि आफुमा मधुमेहको जोखिम कम गर्न चाहनुहुन्छ भने तपाइँले आफ्नो निद्रामा पूरा ध्यान दिनु निकै आवश्यक हुन्छ । हो, पर्याप्त तथा भरपूर निद्रा मानिसमा मधुमेहको खतरा कम गर्नमा सहयोगी हुन्छ । हालै गरिएको […]

Diabetic patient doing glucose level blood testवर्तमानको अति व्यस्त जिवनशैली तथा असन्तुलित तथा अस्वस्थकर खानपानका कारण धेरै मानिसहरु मधुमेह जस्ता जटिल रोगहरुको सिकार भईरहेका छन् ।


यदि तपाइँ पनि आफुमा मधुमेहको जोखिम कम गर्न चाहनुहुन्छ भने तपाइँले आफ्नो निद्रामा पूरा ध्यान दिनु निकै आवश्यक हुन्छ । हो, पर्याप्त तथा भरपूर निद्रा मानिसमा मधुमेहको खतरा कम गर्नमा सहयोगी हुन्छ । हालै गरिएको एक शोध अनुसार पर्याप्त निद्रा लिने मानिसमा टाइप टू मधुमेह हुने खतरा निकै कम हुन्छ ।


अमेरिकाको लस एन्जल्स बायोमेडिकल रिचर्स इन्स्टिच्युट  शोधकर्ताहरुका अनुसार हप्तामा ३ रातको मिठो निद्राले पनि धेरै हदसम्म सरीरमा इन्सुलिनको सक्रियता बढाइदिन्छ । इन्सुलिनको कमीका कारण मधुमेहको लक्षण देखा पर्ने हुँदा पर्याप्त निद्राले इन्सुलिनको मात्रा बढाइदिने भएकाले मधुमेहको जोखिम कम हुन्छ ।


प्रमुख शोधकर्ता डाक्टर पिटर लिउका अनुसार मानिसले निद्राको घण्टामा वृद्धि गर्दा सरीरको इन्सुलिनको प्रयोग गर्ने क्षमता बढ्दछ र पाका मानिसहरुमा टाइप टू मधुमेहको जोखिम कम हुन्छ ।


इन्सुलिनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न जिम्मेवारी निर्वाह गर्दछ । त्यसैले अधिक कामका कारण पर्याप्त निद्रा लिन नपाई मधुमेहको जोखिममा परेका मानिसहरुले सुत्ने घण्टामा वृद्धि गर्ने हो भने मधुमेहको जोखिम घट्ने लिउको भनाई छ ।


Source: मधुमेहबाट जोगिन पर्याप्त निद्रा आवश्यक
Get the Latest News and Information at Ramailoforum.com