Ramailo

Author Topic: काठमाडौं-चीन बस चल्ने  (Read 31 times)

Informer

  • Contributor
  • Boss
  • ***
  • Posts: 557
  • Reputation: +86/-0
  • Gender: Male
  • Ramailoforum Correspondent
    • Ramailo Forum
काठमाडौं-चीन बस चल्ने
« on: June 30, 2016, 08:48:50 AM »
काठमाडौं-चीन बस चल्ने

१६ असार, काठमाडौं । सरकारले काठमाडोंबाट चीनको ल्हासासम्म सीधा पर्यटक बस सञ्चालन गर्ने सहमति गरेको छ । नेपाल तिब्बत संयुक्त पर्यटन समन्वय समितिको बुधबार भएको बैठकले पर्यटक बस सञ्चालन गर्न यस अघि भएका सम्झौताको कार्यान्वयन गर्ने र पर्यटकीय सेवाका निम्ति उपयुक्त मोडलिटी तयार पारेर छिट्टै सीधा बससेवा सञ्चालन गर्ने सहमति गरेको पर्यटन भिागका महानिर्देशक सुदर्शन […]

nepal china१६ असार, काठमाडौं । सरकारले काठमाडोंबाट चीनको ल्हासासम्म सीधा पर्यटक बस सञ्चालन गर्ने सहमति गरेको छ ।


नेपाल तिब्बत संयुक्त पर्यटन समन्वय समितिको बुधबार भएको बैठकले पर्यटक बस सञ्चालन गर्न यस अघि भएका सम्झौताको कार्यान्वयन गर्ने र पर्यटकीय सेवाका निम्ति उपयुक्त मोडलिटी तयार पारेर छिट्टै सीधा बससेवा सञ्चालन गर्ने सहमति गरेको पर्यटन भिागका महानिर्देशक सुदर्शन ढकालले जानकारी दिएको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।


ढकालका अनुसार नेपाल र तिब्बतबीच पर्यटन प्रवर्धन र विकास गर्ने विषयमा दुवैको एकमत रहको छ ।


सीधा बससेवा सञ्चालन गर्ने एजेन्डामा १० वर्ष अगाडि नै समझौता भएको विषयम भए पनि यसलाई कार्यान्वयन गर्ने उपयुक्त मोडालिटी तय भएको थिएन ।


अहिलो उपयुक्त मोडालिटी तय गर्ने र दुवै पइाबाट आवश्यक तयारी गरेर बस सञ्चालन गर्ने भनिएको छ ।


तयारीका लागि जति छिटो गर्न सक्यो उति नै चाँडो बस सञ्चालन हुन सकने गरी सहमति भएको पनि ढकालले जानकारी दिए ।


Source: काठमाडौं-चीन बस चल्ने
Get the Latest News and Information at Ramailoforum.com

Ramailo Forum

काठमाडौं-चीन बस चल्ने
« on: June 30, 2016, 08:48:50 AM »
Ramailo