Ramailo

Author Topic: पर्खाल भत्किएर विद्यार्थीको मृत्यु भएपछि जग्गा व्यवसायीलाई कारबाही  (Read 32 times)

Informer

  • Contributor
  • Boss
  • ***
  • Posts: 557
  • Reputation: +86/-0
  • Gender: Male
  • Ramailoforum Correspondent
    • Ramailo Forum
पर्खाल भत्किएर विद्यार्थीको मृत्यु भएपछि जग्गा व्यवसायीलाई कारबाही

१७ असार, काठमाडौं । ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलका विद्यार्थी किचिने गरी जग्गा प्लटिङ गर्ने व्यवसायीलाई सरकारले कारबाही प्रक्रिया अघि बढाएको छ । जग्गा व्यवसायी कर्मा लामाले प्लटिङ गर्दा लगाएको ढुंगाको अग्लो पर्खाल शुक्रबार बिहान भत्किएर च्याप्दा विद्यालयमा पढिरहेका दुई विद्यार्थीहरुको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् । घटनास्थलको शिक्षामन्त्री गिरिराजमणि […]

Students of Pushpanjali School lalitpur (1)


१७ असार, काठमाडौं । ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलका विद्यार्थी किचिने गरी जग्गा प्लटिङ गर्ने व्यवसायीलाई सरकारले कारबाही प्रक्रिया अघि बढाएको छ ।


जग्गा व्यवसायी कर्मा लामाले प्लटिङ गर्दा लगाएको ढुंगाको अग्लो पर्खाल शुक्रबार बिहान भत्किएर च्याप्दा विद्यालयमा पढिरहेका दुई विद्यार्थीहरुको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् ।


  • ललितपुरमा पर्खाल भत्किँदा २ विद्यार्थीको मृत्यु, २० घाइते

  • पढ्दा पढ्दै कक्षा कोठामै यसरी पुरिए बालबालिका

  • घटनास्थलको शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले अवलोकन गरी दोषिलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन् । शुक्रबारै गृहमन्त्री शक्तिबहादुर बस्नेत पनि घटनास्थलको अवलोकनका लागि जाँदैछन् ।


    Pushpanjali-School


    जग्गा व्यवसायीलाई कारबाही गर्नुहुन्छ ? भन्ने अनलाइनखबरको प्रश्नमा ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले भने, ‘गर्नुपर्‍यो नि, यति धेरै हताहति भा’छ ।’


    प्रजिअ शर्माले जग्गा व्यवसायी लामा फरार भएकाले खोजी भइरहेको जानकारी दिए । उनले भने, ‘ऊ सम्पर्कमा आएको छैन, फोन पनि स्विचअफ छ हामी खोजी गरिरहेका छौं ।’


    घटनाको खबर पाएलगत्तै प्रजिअ शर्मा विद्यालयमा पुगेर प्रहरीहरुसँगै उद्धार कार्यमा खटिएका थिए ।


    Police-in-Pushpanjali--School


    घटनास्थलमा विद्यार्थीहरुका कापि किताब रगत र हिलोमा लतपतिएका थिए । झोला, जुत्ता, कलम, पानीका बोतलहरु यत्रतत्र छरिएका थिए । पर्खाल भत्किएर विद्यार्थीहरुलाई च्यापेपछि स्कुलमा रुवाबासी चलेको थियो ।


    प्रहरी, स्थानीय, विद्यालयका शिक्षक तथा कर्मचारीहरुले उद्धार गरेर विद्यार्थीहरुलाई अस्पताल पठाएका थिए ।


    Students of Pushpanjali School lalitpur (6)


    पाटन, बी एण्ड बी र सुमेरु अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ । अस्पताल परिसरमा अभिभावकहरुको भिड लागेको थियो ।


    उनीहरुले विद्यालयको कमजोर संरचना बनाएको भन्दै आक्रोश पोखेका थिए । विद्यालयको भित्ता कमजोर भएकाले पर्खाल ढलेर भत्किएको उनीहरुको भनाइ थियो ।


    Pushapanjali School Lalitpur (1)


    Students of Pushpanjali School lalitpur (2)


    Students of Pushpanjali School lalitpur (3)


    Students of Pushpanjali School lalitpur (5)


    Students of Pushpanjali School lalitpur (4)


    Source: पर्खाल भत्किएर विद्यार्थीको मृत्यु भएपछि जग्गा व्यवसायीलाई कारबाही
    Get the Latest News and Information at Ramailoforum.com