Ramailo

Author Topic: रासायनिक कच्चा पदार्थ उद्योगमा उच्च रोजगारी  (Read 33 times)

Informer

  • Contributor
  • Boss
  • ***
  • Posts: 557
  • Reputation: +86/-0
  • Gender: Male
  • Ramailoforum Correspondent
    • Ramailo Forum
रासायनिक कच्चा पदार्थ उद्योगमा उच्च रोजगारी

१९ असार, काठमाडौं । उत्पादनमूलक उद्योगहरुमध्ये रासायनिक कच्चा पदार्थ उद्योगमा सबैभन्दा बढी रोजगारी सिर्जना हुने गरेको एक अध्ययनले देखाएको छ । यस्ता उद्योगले उत्पादनमूलक क्षेत्रमा उपलब्ध रोजगारीमध्ये ३३ प्रतिशत ओगटेको अध्ययनमा उल्लेख छ । रोष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको चयन गरिएका उत्पादनमूलक उद्योगहरुमा प्राविधकि क्ष्मता प्रगति विषयका अध्ययनअनुसार यो क्षेत्रमा अझै रोजगारी सम्भावना छ । […]

working_office१९ असार, काठमाडौं । उत्पादनमूलक उद्योगहरुमध्ये रासायनिक कच्चा पदार्थ उद्योगमा सबैभन्दा बढी रोजगारी सिर्जना हुने गरेको एक अध्ययनले देखाएको छ ।


यस्ता उद्योगले उत्पादनमूलक क्षेत्रमा उपलब्ध रोजगारीमध्ये ३३ प्रतिशत ओगटेको अध्ययनमा उल्लेख छ ।


रोष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको चयन गरिएका उत्पादनमूलक उद्योगहरुमा प्राविधकि क्ष्मता प्रगति विषयका अध्ययनअनुसार यो क्षेत्रमा अझै रोजगारी सम्भावना छ ।


अध्ययनमा यस्ता उद्योगलाई फलाम र इस्पातको वृद्धिसँगै जोडेर हेरिएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।


गुणस्तरमा सुधार, नियन्त्रित उत्पादनमूलक प्रक्रिया र मर्मत खर्चमा आएको कमी जस्ता कारणहरुले यो क्षेत्रको सम्भावना अझ बढेको अध्धयनमा उल्लेख छ ।


जसमध्ये ३५ प्रतिशत उद्योगमा ५० भन्दा कमले काम पाएका छन् भने १४ प्रतिशतमा २ सयभन्दा बढीले काम गर्छन् ।

यस उद्योगको औसत क्षमता ८५ प्रतिशत मात्रै उपयोग भएको छ ।


Source: रासायनिक कच्चा पदार्थ उद्योगमा उच्च रोजगारी
Get the Latest News and Information at Ramailoforum.com