Ramailo

Author Topic: विपद् व्यवस्थापनका लागि सेनाले माग्यो सात अर्ब  (Read 24 times)

Solti

  • Contributor
  • Boss
  • ***
  • Posts: 575
  • Reputation: +86/-0
  • Gender: Male
  • Ramailoforum Correspondent
    • Ramailo Forum
विपद् व्यवस्थापनका लागि सेनाले माग्यो सात अर्ब

२० असार, काठमाडौं । नेपाली सेनाले विपद् व्यवस्थापनको क्षमता अभिवृद्धि गर्न सात अर्ब रूपैयाँ बजेट माग गरेको छ । सो मागमध्ये सेनालाई तीन अर्ब र अर्को तीन करोड नियमित बजेटबाट विपद् व्यवस्थापन कार्यका लागि निकासा भएको छ । यस रकमबाट सेनाले हेर्दै आएको सो क्षेत्र (विपद् व्यवस्थापन)मा ४३ प्रतिशत क्षमतामात्र अभिवृद्धि हुने उसले जनाएको छ […]

२० असार, काठमाडौं । नेपाली सेनाले विपद् व्यवस्थापनको क्षमता अभिवृद्धि गर्न सात अर्ब रूपैयाँ बजेट माग गरेको छ ।



Nepal-Armyसो मागमध्ये सेनालाई तीन अर्ब र अर्को तीन करोड नियमित बजेटबाट विपद् व्यवस्थापन कार्यका लागि निकासा भएको छ ।


यस रकमबाट सेनाले हेर्दै आएको सो क्षेत्र (विपद् व्यवस्थापन)मा ४३ प्रतिशत क्षमतामात्र अभिवृद्धि हुने उसले जनाएको छ । उसले आफूले माग गरेअनुसार बजेट निकासा भएमा आइपर्ने जुनसुकै विपद्सम्बन्धी चुनौतीलाई तत्काल सामना गर्न सक्ने स्पष्टसमेत पारेको छ ।


व्यवस्थापिका संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा प्रधानसेनापति राजेन्द्र क्षत्री प्राकृतिक प्रकोपको व्यवस्थापनमा नेपाली सेनाका कार्यका बारेमा जानकारी दिँदै थिए ।


निकासा भएकामध्ये सेनाले आफ्नो हवाई, इञ्जिनियरिङ, मेडिकल, जमिनी पारवहनजस्ता क्षेत्रमा खर्च गर्ने छ । तत्काल उसले तीन वटा साना हेलिकप्टर थप गर्न लागेको जनाइएको छ ।


सेनाले विपद् व्यवस्थापन, जनताको जीउधनको सुरक्षा र राष्ट्र विकासका लागि सरकारको निर्देशन बमोजिम परिचालन हुनसक्ने गरी चौबिसैघन्टा तयारी अवस्थामा रहेको पनि सो जानकारीपत्रमा उल्लेख छ ।


जानकारीपत्रमा सेनाले विपद्को समयमा परिचालन हुने सबै सुरक्षा निकायबीचको सूचनाको आदान प्रदान गर्न जङ्गी अड्डामा संयुक्त सञ्चार केन्द्र स्थापना गर्न, काठमाडौं जोड्ने वैकल्पिक सडक निर्माण तथा मर्मत कार्य पूरा गर्न र मनसुन पूर्व नै यसबाट आउने खतरासँग मुकाबिला गर्न तयारी अवस्थामा रहन सुझावसमेत दिएको छ ।


सेनाले बाढी पहिरो, डुबान र भूकम्पजस्ता प्राकृतिक प्रकोपका खोज, उद्धार तथा राहतमा ६५ हजार परिचालन हुन सक्ने जानकारी दिएको छ ।


यसैगरी क्षेत्रीय र स्थानीय तहमा सडक विभागसँग समन्वय गरी सम्भावित स्थानमा डोजर र एक्साभेटरहरु तयारी हालतमा राख्न निर्देशन दिइएको छ भने डुबान तथा पहिरो गएका क्षेत्रमा हेलिकप्टर/डुङ्गाबाट जोखिममा रहेका व्यक्तिलाई उद्धार गर्ने व्यवस्था सेनाले मिलाएको छ ।


वीरेन्द्र अस्पतालमा विशेषज्ञ चिकित्सकसहित मेडिकल टिम तयारी अवस्थामा राखिएको छ । साथै १५ स्थानमा फिल्ड एम्बुलेन्सलाई चिकित्सकसहित तयारी अवस्थामा राखिएको पनि सेनाले जनाएको छ ।



Source: विपद् व्यवस्थापनका लागि सेनाले माग्यो सात अर्ब
Get the Latest News and Information at Ramailoforum.com