Ramailo

Author Topic: फ्रान्ससँग डराएका छैनौंः मुलर  (Read 18 times)

Informer

  • Contributor
  • Boss
  • ***
  • Posts: 557
  • Reputation: +86/-0
  • Gender: Male
  • Ramailoforum Correspondent
    • Ramailo Forum
फ्रान्ससँग डराएका छैनौंः मुलर

काठमाडौं । थोमस मुलरले युरो कप २०१६ को सेमिफाइनलमा फ्रान्ससँग खेल्न आफूहरु नडराएको बताएका छन् । युरोकपको दोस्रो सेमिफाइनलमा बिहीबार विहान पौने १ बजे घरेलु टोली फ्रान्स र विश्व विजेता जर्मनी भिड्नेछन् । खेल मार्सेलीमा हुनेछ । जर्मनी इटलीलाई पेनाल्टीमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । फ्रान्सले भने आइसल्याण्डलाई ५-२ गोल अन्तरले पराजित गरेको थियो […]

Thomas-Muller


काठमाडौं । थोमस मुलरले युरो कप २०१६ को सेमिफाइनलमा फ्रान्ससँग खेल्न आफूहरु नडराएको बताएका छन् ।


युरोकपको दोस्रो सेमिफाइनलमा बिहीबार विहान पौने १ बजे घरेलु टोली फ्रान्स र विश्व विजेता जर्मनी भिड्नेछन् । खेल मार्सेलीमा हुनेछ ।


जर्मनी इटलीलाई पेनाल्टीमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । फ्रान्सले भने आइसल्याण्डलाई ५-२ गोल अन्तरले पराजित गरेको थियो ।


त्यसमाथि जर्मनीलाई चोटले सताएको छ । मारियो गोमेज युरोकपबाट आउट भएका छन् भने सेेमिफाइनलमा सामी खेदेरा र माट हृयुमल्स पनि खेल्ने छैनन् । भलै बास्टियन स्वाइन्सटाइगर भने खेल्न सक्ने भएका छन् ।


तर, मुलरले भने फ्रान्ससँग धेरै राम्रा खेलाडी रहेपनि आफूहरु नडराएको बताए ।


फ्रान्सले यहाँ(अन्तिम चार) सम्मको यात्रा भाग्यका आधारमा मात्र तय नगरेको भएपनि जर्मनीसँगको खेल उनीहरुको असली परीक्षा भएको मुलरले बताए ।


Source: फ्रान्ससँग डराएका छैनौंः मुलर
Get the Latest News and Information at Ramailoforum.com