Ramailo

Author Topic: प्रधानमन्त्री ओलीलाई ताली खान मन लागेपछि …  (Read 16 times)

Informer

  • Contributor
  • Boss
  • ***
  • Posts: 557
  • Reputation: +86/-0
  • Gender: Male
  • Ramailoforum Correspondent
    • Ramailo Forum
प्रधानमन्त्री ओलीलाई ताली खान मन लागेपछि …

२५ असार, काठमाडौं । व्यवस्थापिका संसदमा शनिबार विनियोजन विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नहरुको मन्त्रीहरुले जवाफ दिने क्रम दिनभर चल्यो । र, शनिबारकाे बैठकमा अन्तिममा सहरी विकास मन्त्रालय र प्रधानमन्त्री कार्यालयको बजेटबारे जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली रोष्टममा उभिए । प्रधानमन्त्री ओलीले बोलिरहँदा सांसदहरुले खासै ताली बजाएनन् । प्रधानमन्त्रीले बोल्दा ड्याप ड्याप पार्दै समर्थन गर्न […]


२५ असार, काठमाडौं । व्यवस्थापिका संसदमा शनिबार विनियोजन विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नहरुको मन्त्रीहरुले जवाफ दिने क्रम दिनभर चल्यो ।


र, शनिबारकाे बैठकमा अन्तिममा सहरी विकास मन्त्रालय र प्रधानमन्त्री कार्यालयको बजेटबारे जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली रोष्टममा उभिए ।


फाइल फोटो

फाइल फोटो


प्रधानमन्त्री ओलीले बोलिरहँदा सांसदहरुले खासै ताली बजाएनन् । प्रधानमन्त्रीले बोल्दा ड्याप ड्याप पार्दै समर्थन गर्न एमालेसहितका सत्ता पक्षका दलका सांसदहरुमा पनि जाँगर देखिएन् ।


विकास योजनाबारे निरन्तर बोल्दा पनि ताली नपाएपछि प्रधानमन्त्री ओली आफैैंले बोल्नु पर्ने अवस्था आएको छ । उनले हुलाकी राजमार्ग सरकार आफैंले बनाउने र मधेसका जिल्लाहरु सदरमुकामहरुमा पनि चत्रपथ बनाइने बताए । तर, सांसदहरुले ड्याप ड्याप पारेनन् ।


लगतै प्रधानमन्त्री ओलीले सांसदहरुतिर हेर्दै भने, ‘ताली पनि कोही लगाउनु हुन्न । के हो ? यो प्रश्नमा संसदमा हाँसोको फोहोरा छुट्यो । र, एमाले सांसदहरुले हाँस्दै ड्याप ड्याप पारे ।


लगतै प्रधानमन्त्रीले भने, विर्सनु भो कि भनेर सम्झाएको मात्र । यसपछि संसदमा फेरि हाँसोको फोहोरा छुट्यो ।


त्यसपछि भने प्रधानमन्त्रीले बोल्दै पिच्छे सत्तारुढ दलका सांसदहरुले ड्याप ड्याप पार्दै ताली बजाए ।


Source: प्रधानमन्त्री ओलीलाई ताली खान मन लागेपछि …
Get the Latest News and Information at Ramailoforum.com