Ramailo

Author Topic: आयल निगमले तिर्‍यो साढे ३ अर्ब ऋण, सबै चुक्ता गरेपछि १ अर्ब बोनस बाँडिने  (Read 45 times)

Informer

  • Contributor
  • Boss
  • ***
  • Posts: 557
  • Reputation: +86/-0
  • Gender: Male
  • Ramailoforum Correspondent
    • Ramailo Forum


४ जेठ, काठमाडौं । नेपाल आयल निगमले मंगलबार सरकारको ३ अर्ब ६४ करोड रुपैयाँ ऋण तिरेको छ । निगमले अर्थ मन्त्रालयलाई ऋण तिरेको हो ।

निगमले अब सरकारलाई ४ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।

३ महिना अघि मात्रै सरकारको ३ अर्ब ऋण तिरेको आयल निगमले फेरि ३ अर्ब ६४ करोड रुपैयाँ ऋण भुक्तानी गरेको हो ।

आयल निगमले झण्डै १ अर्ब रुपैयाँ कर्मचारीको बोनसका लागि छुट्याएर राखेको छ । अब सरकारको ४ अर्ब रुपैयाँ ऋण तिर्नासाथ आयल निगमका कर्मचारीले बोनस रकम हात पार्नेछन् ।

आयल निगमलाई अहिले पेट्रोलमा लिटरमा झण्डै १३ रुपैयाँ नाफा छ भने डिजेलमा पनि १२ रुपैयाँ नाफा छ ।

ग्यासमा पनि निगमलाई प्रतिसिलिन्डर ९२ रुपैयाँ नाफा छ । अन्तर्राष्ट्रिय बजार अनुरुप मूल्य समायोजन गर्ने भनिएपनि निगमले तेलको मूल्य समायोजन नगरेको लामो समय भइसकेको छ ।

source: onlinekhabar.com
Get the Latest News and Information at Ramailoforum.com