Ramailo

Author Topic: केरुङ आइपुग्यो चिनियाँ रेल  (Read 47 times)

Informer

  • Contributor
  • Boss
  • ***
  • Posts: 557
  • Reputation: +86/-0
  • Gender: Male
  • Ramailoforum Correspondent
    • Ramailo Forum
४ जेठ, २०७३

अघिल्लो बुधबार दिउँसो चीनको गान्सु प्रान्तको राजधानी लान झाउबाट काठमाडौँका लागि छुटेको रेलको सामान नेपाली सीमा केरुङ आइपुगेको छ।

'लान झाउ- काठमाडौँ रेल' लेखेर दैनिक आवश्यकता र घरायासी उपकरणहरुसहितको ८६ कार्गो कन्टेनरसहितको रेल २ हजार ४ सय ३१ किलोमिटरको यात्रा गर्दै सिगात्सेसम्म पुगेको थियो। सिगात्सेबाट चिनियाँ मालवाहक ट्रकहरु हुँदै  ५६४ किलोमिटर सडक यात्रा गर्दै नेपाल-चीन सीमा केरुङ पुगेको सामान लिन नेपाली ट्रक पुगिसकेको छ। केरुङबाट काठमाडौँसम्मको सडक यात्राको दूरी भने १६० किलोमिटर रहेको छ।
 
सिन्ह्वाले बुधबार राखेका फोटोहरुमा कन्टेनरहरु चिनियाँ ट्रकबाट निकालिएको र त्यसलाई लिन नेपाली ट्रक पुगेको देखाइएको छ।
 


'लान झाउ- काठमाडौँ रेल' लेखेर दैनिक आवश्यकता र घरायासी उपकरणहरुसहितको ८६ कार्गो कन्टेनरसहितको रेल



चिनियाँ ट्रक र त्यसले ल्याएको सामान



चिनियाँ ट्रकबाट कन्टेनर निकाल्दै क्रेन।

Source:  http://www.bizmandu.com/content/-17952.html
Get the Latest News and Information at Ramailoforum.com

Ramailo Forum